अटुट बचत तथा ऋण सहकारी सस्था कोल्हवीको १० औँ वार्षिक सधारण सभा सम्पन्न
कोल्हवी/श्री अटुट बचत तथा ऋण सहकारी सस्था लिमिटेड कोल्हबी न पा ४ सपहिको १० औ बार्षिक सधारणसभा सोमबार एक कार्यक्रमको बिच सपही बजारको प्राङ्गणमा सम्पन्न भएको छ।
कार्यक्रमको सभापतिमा सस्थाका अध्यक्ष बिशुनदयाल चौधरी प्रमुख अतिथी बारा जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष सत्येन्द्र ठाकुर बिशिष्ट अतिथिहरुमा कोल्हवी नगरपालिका ३ का वडाध्यक्ष किशुनदयाल चौधरी कोल्हबी नगरिपालिकाका सहकारी प्रमुख पुरुशोतम ओली अतिथिहरुमा वडा नं. ४ का कालिका बि.क. निर्मल बचत तथा ऋण सहकारी सस्था प्रसौनाका अध्यक्ष मोहन चौधरी शिक्षक बाबुराम गिरि महिला नेत्री रिता देवकोटा बोधराज सुवेदी सन्ध्या चौधरी ने रा अधारभुत बिधालय जुअवाका प्रधानध्यापक नरेन्द्र चौधरी समाजसेवि मुरलिधर चौधरी हरिनारायण लगाएत सयौ सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका मुनिकान्त चौधरीले प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो भने सस्थाका अध्यक्ष बिशुनदयाल चौधरीले एक करोड सत्तरी लाख एक हजार चार सय एक रुपैयाको आय ब्यय प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष सन्ध्या राय थारुले गर्नु भएको थियो।मदेश्वर चौधरी ,बोधराज सुवेदी,पुरुशोतम ओलि किशुनदयाल चौधरी सतेन्द्र ठाकुर लगाएतकोले शुभकामना मन्तव्य ब्यत्त गर्नु भएको थियो।शुभकामना मनतब्य दिँदै वडाध्यक्ष किशुन दयाल चौधरीले सबै सेयर सदस्यज्युहरु मिलेर यो सस्थालाइ अगाडि बडाउन सल्लाह दिँदै यो संस्थाको प्रगतीको लागि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता ब्यत्त गर्नु भयो। शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी समेत रहनु भएका ठाकुरले बारा जिल्लाको सहकारी मध्ये पहिलो एम्बुलेन्स किन्ने सहकारीहरु मध्ये यो अतुट बचत तथा ऋण सहकारी सपही पहिलो भएको छ ।
सानो रकम बचत गर्ने बानिले गर्दा भोलिको दिनमा आफ्नो जस्तो सुकै अफटयारो पनि सफल हुने भएकोले सबैले बचत गर्ने बानी बसाल्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रम संचालन हितेन्द्र चौधरीको रहेको थियो।










