मोटरसाइकल पार्किङ विवादले लियो ज्यान, वीरगंजमा ६५ वर्षीय वृद्धको मृत्यु

कोल्हवी न्यूज
२०८२ माघ २३, शुक्रबार १५:४३ गते

पर्साको वीरगंजमा मोटरसाइकल पार्किङको विषयलाई लिएर छिमेकीबीच भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१३ राधेमाईका ६५ वर्षीय केपीचन्द्र राउत बरई छिमेकीसँगको झगडामा गम्भीर घाइते भएका थिए। आज बिहान करिब ७ बजे छिमेकीको घर नजिक पार्क गरिएको मोटरसाइकललाई लिएर सुरु भएको भनाभन झगडामा परिणत हुँदा उनी घाइते भएका हुन्।

घाइते अवस्थामै बरईलाई उपचारका लागि वीरगंजस्थित तराई अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा मुना यादवलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*