पेस्तोलसहित तीन युवा पक्राउ
ललितपुरमा सशस्त्र प्रहरी बलले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। मंगलबार सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ स्थायी घर भई हाल ललितपुर बस्दै आएका २२ वर्षीय सुमन तामाङ, रौतहटका २२ वर्षीय सुशील स्याङतान र सुनसरीको धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राई रहेका छन्।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका तीनै जनाको साथबाट एक थान पेस्तोल बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धानका लागि आरोपीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको उनले जानकारी दिए।










