स्टार पारिश्रमिक महँगो, बक्स अफिस फिका: ‘परिवर्तन’को व्यापारले उठाएन लगानी

कोल्हवी न्यूज
२०८२ माघ १९, सोमबार १८:३९ गते

अघिल्लो साता प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘परिवर्तन’ छायांकन सुरु भएदेखि नै कलाकारको पारिश्रमिकका कारण चर्चामा रह्यो। यो फिल्ममा अभिनेत्री अञ्जना बराइलीले सर्वाधिक पारिश्रमिक लिएको चर्चा छ। बजार स्रोतका अनुसार उनले २० लाख रुपैयाँ बुझेकी छन् भने अभिनेता सुशील श्रेष्ठले १६ लाख पारिश्रमिक लिएका छन्।

तर, कलाकारलाई मात्र ३६ लाख पारिश्रमिक तिरेको फिल्मले बक्स अफिसमा अपेक्षित प्रदर्शन गर्न सकेको छैन। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले ९ दिनमा ३१ लाख ९ हजार ९२५ रुपैयाँ ग्रस कमाएको छ। हलको हिस्सा, कर र वितरकको कमिसन कटाउँदा निर्माताको हातमा १० लाख रुपैयाँ पनि नपुग्ने देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*