ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

कोल्हवी न्यूज
२०८२ माघ १९, सोमबार १८:२९ गते

सप्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सुरूंगा नगरपालिका–४, कनकपुरस्थित सडकमा ना ५ ख ८५८० नम्बरको ट्रकले प्रदेश–०५–००१ प ६८७३ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक उदयपुरको त्रियुगा नगरपालिका–४, बगहा बस्ने ३२ वर्षीय रूपक बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*