भाइसँग मिलेर भीरबाट धकेलेर श्रीमतीको हत्या

कोल्हवी न्यूज
२०८२ माघ १९, सोमबार ०८:०२ गते

प्यूठानमा एक युवकले भीरबाट धकेलेर आफ्नी श्रीमतीको हत्या गरेका छन्। उनले आफ्ना भाइसँग मिलेर योजनाबद्ध रूपमा हत्या गरेका प्रहरीले जनाएको छ। यो घटना जिल्लाको गौमुखी गाउँपालिका–६ लिबाङको हो।

१९ वर्षीय अनिल घर्तीले १७ वर्षीय भाइको सहयोगमा १९ वर्षीया श्रीमती शर्मिलालाई भीरबाट धकेलेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले सेतोपाटीलाई बताए। उनका अनुसार अनिलले प्रेम सम्बन्धपछि शर्मिलालाई दुई वर्षअघि १७ वर्षको उमेरमा कानुनद्वारा वर्जित बालविवाह गरेका थिए।

पछिल्लो समय अनिल शर्मिलामाथि शंका गर्न थालेका थिए। उनको परपुरूषसँग गलत सम्बन्ध रहेको आरोप अनिलले लगाएका थिए। त्यो कुरा उनले आफ्ना भाइलाई भने। त्यसपछि दाजुभाइले शर्मिलाको हत्या गर्ने योजना बनाएका थिए। माघ १६ गते राति साढे ८ बजेपछि अनिलले शर्मिलालाई ुइभनिङ वाकु जाऔं भने। घरबाट केही पर एउटा चौरसँगै भीर छ। मानिसहरू नखसून् भनेर स्टिलको रेलिङ हालिएको छ।

त्यहाँ पुगेपछि अनिलले शर्मिलालाई परपुरूषसँग सम्बन्ध राखेको दोषारोपण गर्दै ुधोकेबाज महिलाु भने। रेलिङमा ठाउको ठोक्काइदिए र घाइते बनाए। शर्मिला कराउन खोजेपछि भीरबाट धकेलिदिए। शर्मिला खसेपछि झन्डै २५ देखि ३० मिटर तल पुगेर अड्किएकी थिइन्। त्यसपछि अनिलका दाजुभाइ नै त्यहाँ पुगे र अचेत अवस्थाकी शर्मिलालाई थप तल हुत्याए।

दोस्रो पटक भीरबाट हुत्याउँदा शर्मिला झन्डै डेढ सय मिटरमुनि पुगेकी थिइन्। प्रहरी प्रवक्ता भट्टराईका अनुसार सुरूमा खस्दा शर्मिलाले लगाएको स्विटर बीचमै रूखमा र चप्पल माथि नै अड्किएको थियो। बाँचे–मरेको यकिन गर्न दाजुभाइ शर्मिला ढलेको ठाउँमै पुगे। शर्मिलालाई स्विटर र चप्पल लगाइदिए।

यसपछि राति ११ बजेतिर घर गई दाजुभाइ सुतेका थिए। भोलिपल्ट भाइ घाँसदाउरा काट्न जाने भनेर बिहानै घरबाट निस्किए। केही समयपछि घर फर्के र भीरमुनि लडेर मृत्यु भएको अवस्थामा भाउजूलाई देखेको भन्दै आमालाई सुनाए।

परिवारका अरू सदस्य पनि हेर्न गए र शर्मिलालाई मृत फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले शंकास्पद दृश्य देखेपछि अनुसन्धान सुरू गरेको थियो। भीरबाट खस्दा, शव भएको ठाउँमा पुग्ने अवस्था नदेखेपछि शंका जन्मिएको प्रहरी प्रवक्ता भट्टराईले बताए।

पुग्न असम्भव ठाउँमा फुटबल फालेजस्तै गरी शव पुगेको दृश्यले शंका गर्ने ठाउँ भयो, प्रहरी प्रवक्ता भट्टराईले भने, श्रीमानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा शर्मिला हत्याको योजना र घटनाको तथ्य खुलेको हो।

उनले थप भने, परपुरूषसँग लागेको शंकाले उनीहरूबीच विवाद हुँदै आएको थियो। सोही कारण दाजुभाइ मिलेर योजनाबद्ध रूपमा भीरबाट धकेलेर शर्मिलाको हत्या गरेको तथ्य उनीहरूले स्वीकार गरेका छन्।

प्रहरी हिरासतमा रहेका अनिल र उनका भाइविरूद्ध जिल्ला अदालतबाट आइतबार म्याद थप भई कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*