धनुषामा एक प्रधानाध्यापक माथी चप्पल प्रहार

कोल्हवी न्यूज
२०७८ कार्तिक १२, शुक्रबार १९:१०

धनुषाका एक प्रधानाध्यापकलाई चपलैचपलले पिटेर र्दुव्यवहार गरेको छ ।धनुषाको सवैला नगरपालिका स्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई कुटपिट गरेका हुन् । विभिन्न मांग सहित पछिल्लो चार दिन देखि आन्दोलित विद्यार्थीहरुको मांग सुनुवाई नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले आज कुटपिट गरेका हुन् ।

नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको विल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका मांग गरेका छन् । जनकपुरपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*