कोल्हवीमा सांग्रिला डेभलपमेन्ट बैंकको वित्तिय साक्षरता कार्यक्रम
कोल्हवी/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शाखा कोल्हवीको आयोजनामा एक दिने वित्तिय साक्षरता कार्यक्रम कोल्हवी नगरपालिका वडा नं. ४ को सपही कलेजमा सम्पन्न भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १७ औँ वार्षिक उत्सवको अवसरमा एक दिने वित्तिय साक्षरता कार्यक्रम बि.बि.एस. मा अधययनरत ५० जना बिघार्थीहरुको सहभागितामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कोल्हवीका शाखा प्रबन्धक युवराज चौधरीले बैंक बारे जानकारी, महत्व, बैंकको वित्तिय पहुँचको बारेमा, बचत, ऋण, लगानी, विप्रेशण र विमाको बारेमा विस्तृत जानकारी दिनुभयो ।
कार्यक्रममा सपही क्यामपसका क्याम्पस प्रमुख दिनेश अधिकारी सहित पुजा कार्की, शारदा गौतम र रोशन झा लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन सांग्रिला डेभलपमेन्ट बैंक लिमिटिड कोल्हवीका शाखा प्रबन्धक युवराज चौधरीले गर्नुभएको थियो ।










