रौतहटमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, प्रहरी अनुसन्धानमा

कोल्हवी न्यूज
२०८२ माघ ९, शुक्रबार १५:३४ गते

रौतहटको गौर–पिपरा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ।

राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८ प२३४६ र भारतीय नम्बर बीआर ३० ए एफ२३७० का मोटरसाइकल आपसमा ठोक्किँदा दुर्गाभगवती गाउँपालिका का अशोक महतो र राजदेवी–२ का अरविन्द महतो घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी प्रवक्ता विष्णुप्रदीप बस्यालका अनुसार, तीव्र गतिमा यात्रा गरेका दुवै मोटरसाइकल दुर्घटना भएपछि गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यू भएको हो।

प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ र सडकमा सुरक्षित यातायातका लागि नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*