पाल्पामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

कोल्हवी न्यूज
२०८२ माघ ७, बुधबार २०:१५ गते

तानसेन (पाल्पा)- पाल्पाको रिब्दिकोट गाउँपालिका-१, ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मलामी बोकेको लु१च ६९८५ नम्बरको बोलेरो जिप आज (बुधबार) दुर्घटना हुँदा जोगिथुमका अन्दाजी ३० वर्षीय टीकाराम कुमालको मृत्यु भएको रिब्दीकोट–१ का वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए।

उनका अनुसार गुल्मीको रिडी–खज्र्याङ सडक खण्डस्थित खोल्टेपानीमा जिप दुर्घटना भएको हो। कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। गाडी सडकदेखि करिब १० मिटर तल खसेको छ।

शव परीक्षणका लागि गुल्मीको तम्घास पठाइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*