भारत-पाकिस्तान युद्ध रोकेकाले म नोबेल शान्ति पुरस्कारको हकदार हुँ : ट्रम्पको दाबी

कोल्हवी न्यूज
२०८२ पुष २६, शनिबार ०८:४४ गते

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई इतिहासमै नोबेल शान्ति पुरस्कारको सबैभन्दा ठूलो दाबेदार भएको बताएका छन्। उनले आफ्नो कार्यकालमा भारत र पाकिस्तानबीचको तनावसहित ८ वटा युद्ध रोकेको दाबी गरेका छन्।

ट्रम्पले भने, ‘मैले ८ वटा युद्ध अन्त्य गराएँ। तीमध्ये केही त सुरु हुने अवस्थामा थिए, जस्तै भारत र पाकिस्तानको मामिला। त्यहाँ पहिले नै ८ वटा लडाकु विमान (जेट) खसालिइसकेका थिए। मैले आणविक हतियारको प्रयोग विना नै त्यो तनावलाई निकै छिटो शान्त गराएँ।’

आफूलाई नोबेल शान्ति पुरस्कारको सबैभन्दा योग्य व्यक्ति बताउँदै उनले थपे, ‘इतिहासमा मबाहेक अरू कोही यस्तो व्यक्ति देख्दिनँ जसले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ। किनकि अरू कसैले यसरी युद्ध अन्त्य गराएका छैनन्।’
ट्रम्पले पाकिस्तानका प्रधानमन्त्रीको पुरानो भनाइलाई उधृत गर्दै भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले अमेरिका आएर सार्वजनिक रूपमै भनेका थिए कि राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानका एक करोड मानिसको ज्यान बचाए। यदि त्यहाँ युद्ध भएको भए त्यो निकै भयानक हुने थियो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*