स्विट्जरल्यान्डको एउटा बारमा आगलागी हुँदा ४० जनाको मृत्यु

कोल्हवी न्यूज
२०८२ पुष १८, शुक्रबार ०७:३७ गते

स्विट्जरल्यान्डको दक्षिणी क्षेत्रमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा भएको आगलागीमा ४० जनाको ज्यान गएको छ । एक सय १५ जना भन्दा धेरै घाइते भएका र धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

आगो निभाउन १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र झन्डै एक सय ५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो । धेरैजसो घाइतेहरू गम्भीर जलन र विषालु धुवाँ सासमा गएर आन्तरिक जलनको समस्यामा परेका छन् ।

डाक्टरहरुका अनुसार केही बिरामीको अवस्था अत्यन्त नाजुक छ र उनीहरूलाई सघन उपचार कक्षमा राखिएको छ । बारमा आगलागी हुँदा त्यहाँ कति मानिस थिए भन्ने यकिन भइसकेको छैन । नयाँ वर्षको पार्टी भएकाले युवाको संख्या धेरै रहेको अधिकारीहरूले बताएका छन् ।

पीडितहरू विभिन्न देशका नागरिक भएको र मृतकको पहिचान गर्न समय लाग्ने जनाइएको छ । स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनले यस घटनालाई देशले भोगेको सबैभन्दा दर्दनाक त्रासदीमध्ये एक भन्नु भएको खबरमा उल्लेख छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*