बाराको कोल्हवी बाट अफिम जस्तो पदार्थ देखिने सहित तीन जना पक्राऊ

कोल्हवी न्यूज
२०८२ पुष १३, आईतवार ११:०३ गते

कोल्हवी,बारा प्रहरीले लागू औषध अफिम जस्तो देखिने पदार्थ सहित तीन जनालाई कोल्हवीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बस्ने ३२ वर्षीय राजेश साह,सोही ठाउँमा बस्ने २९ वार्षिक नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र राम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय कोल्हवी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं.०१ बजार स्थित तामागढीबाट श्रीपुर तर्फ आउदै गरेको प्र.२–०३–००५ प ६३१२ नम्बरको टिभिएस मोटरसाईकललाई शंकास्पद लागि प्रहरीले जाँच गरेको हो।

उक्त मोटरसाईकलमा सवार रहेका व्यक्तिहरु समेतलाई जाँच गर्दा राजेश साहको साथबाट लुकाई छिपाई राखेको ४६० ग्राम लागू औषध अफिम जस्तो देखिने पदार्थ बारामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार उक्त लागू औषध ओसारपसार कार्यमा संलग्न रहेका तिनै जना र मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*