सुनसरीको दुहबी–३ मा श्रीमतीमाथि आगजनी प्रयास गर्ने आरोपी पक्राउ

कोल्हवी न्यूज
२०८२ पुष ११, शुक्रबार १५:५१ गते

सुनसरीको दुहबी नगरपालिका–३ स्थित मुक्तिनाथ मन्दिर क्षेत्रका एक व्यक्तिले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्की आगो लगाएको घटनामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार ३३ वर्षीय मुस्तफा सेखले घरायसी वादविवादका क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनको शरीरमा पेट्रोल खन्याएर बिहीबार आगो सल्काएका थिए ।

घटनाबारे जानकारी पाउनासाथ छिमेकी र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक शिव नारायण माझीको कमाण्डमा खटिएको टोलीले गम्भीर घाइते महिलाको उद्धार गरी नजिकैको सामुदायिक अस्पतालमा उपचारका लागि पठाएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि घाइते महिलालाई थप उपचारका लागि बिहीबार साँझ विराटनगरस्थित पारस अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । आगोले जलेर महिलाको दुवै हात, घाँटी, छाती र अनुहारमा गम्भीर चोट लागेको छ ।

घटनापछि फरार नभई पक्राउ परेका मुस्तफा सेखलाई हाल इलाका प्रहरी कार्यालय दुहबीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*