जीतपुरमा कार दुर्घटनामा रामबालक सहनीको मृत्यु
जीतपुरमा एक कार दुर्घटनामा परेर करिब ४५ वर्षीय रामबालक सहनीको मृत्यु भएको छ। दुर्घटनामा अशोक टेमानीका छोरा र यश ग्रुपका प्रबन्ध निर्देशक यश अग्रवाल सवार रहेको कार संलग्न थियो। सिमरा प्रहरीले जनाएअनुसार, वीरगन्ज–३ निवासी सहनीलाई बा ०१०३३ च २४८१ नम्बरको कारले केरा ढोका नजिक ठक्कर दिएको थियो। सहनीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
घटनापछि भीड जम्मा भएपछि चालक कृष्णा यादव फरार भएका थिए। पछि कृष्णा यादवसहित यश अग्रवाललाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। अशोक टेमानीले प्रहरीले आफ्नो छोरालाई अनावश्यक नियन्त्रणमा लिएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। सिमरा प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।










