बाराको कोल्हवी क्षेत्रमा पर्ने राष्ट्रिय वन भित्र निजगढ नगरपालिकाको वर्षौ देखि डम्पिङ

राष्ट्रिय वन फोहोर नगर्न वनले लेख्यो निजगढ नगरपालिका लाई पत्र
कोल्हवी न्यूज
२०८२ पुष १०, बिहीबार १२:१४ गते

कोल्हवी.बारा, कोल्हवी नगरपालिकाको क्षेत्रमा पर्ने राष्ट्रिय वन भित्र निजगढ नगरपालिकाले वर्षौ देखि आफ्नो नगर भित्रको फोहोर डम्पिङ गरी राखेको छ।

यस विषयमा कोल्हवी न्युजले निजगढ नगरपालिकाका मेयर सुरथ पुरिलाई करी डेढ दुई वर्ष अगाडिनै मौखिक जानकारी गराएको थियो।त्यतिखेर मेयर पुरीले यस विषयमा गम्भीर हुँदै दीर्घकालीन समस्या समाधानका लागि अघि बढ्ने भनेका थिए तर वर्षौ बितिसक्दा पनि फोहोरको व्यवस्थापन सही तरिकाले नगरे पछी पुनह यस विषयमा जिज्ञा सा राख्दा अव्यावहारिक पारामा उल्टै यो आफ्नै भूमि रहेको र यस बिषय लाई त्यति ठूलो बिषय नवनाउन हामीलाई सुझाएका थिए।

उता यस विषयमा कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरीलाई सोद्धा उहाले यो राष्ट्रिय वन क्षेत्र भित्र गरिएको डम्पिङ ल्याण्डफिल्ड हाम्रै भूमि रहेको बताउनु भएको छ। यस सम्बन्धमा अन्तर पालिका स्तरीय छलफलका क्रममा केही बिषय उठान भए पनि यसको दीर्घकालीन समस्या समाधानका लागि थप छलफल नहुँदा आफ्नै क्षेत्र सँगै राष्ट्रिय वन दुर्गन्धित बनाएको प्रति आपत्ति प्रकट गर्नुभएको छ।

यसको समाधानका लागि वडा न.दुईका वडा अध्यक्ष गोपाल प्रसाद अधिकारीले आफ्नो क्षेत्र भित्रको राष्ट्रिय वन क्षेत्रमा भएको विषयमा मेयर चौधरीलाई जानकारी गराएको तर दीर्घकालीन समस्या समाधान नभएको बताउनु भएको छ।

यस विषयमा हामीले डिभिजन वन कार्यालयका प्रमुख राजीव झा लाई तपाईँको वन क्षेत्र भित्र फोहोर भएको थाहा छकि छैन भनेर सोद्धा यस विषयमा तुरुन्त बुझेर यदि त्यस्तो पाहिएमा फोहोर गर्ने जो कोहीलाई कारवाही हुने जनाउँदै मंसिर उन्तिस् गते फोहोर नगर्न भन्दै फोहोर गरेमा थप कानुनी प्रक्रिया अघि बढाउने गरी सब डिभिजन वन कार्यालय तामागढीले मंसिर उनतिस गते लिखित पत्र निजगढ नगरपालिकालाई काटेको छ।

उता निजगढ नगरपालिकाले यस विषयलाई अटेर गर्दै वनले फोहोर नफाल्ने पत्र काट्दा सम्म पनि अरुकै क्षेत्र भित्रको राष्ट्रिय वनमा निर्वाध रुपमा लाजै नमानी फोहोर फालिरहेको छ। राष्ट्रिय वन भित्रको फोहोर यसले पार्ने पर्यावरणीय असर,वन क्षेत्रमा चरी चरण गर्ने घरेलु देखि जंगली जनावरहरू समेतलाई प्रत्यक्ष असर पारिरहदा यस सँग सम्बन्धित निकाय वन कार्यालय र यस क्षेत्र भित्र पर्ने वडा देखि स्थानीय निकाय,सामाजिक संघ,संस्थाले उचित दीर्घकालीन समस्या समाधानका लागि अग्रसर हुनु पर्ने देखिन्छ।

फोहोर गरेको डम्पिङ क्षेत्रको फोटो फिचर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*