नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरूद्ध नक्कली प्रमाणपत्र अभियोगमा मुद्दा दर्ता

कोल्हवी न्यूज
२०८२ पुष ९, बुधबार ०८:२५ गते

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र अभियोगमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरूद्ध मुद्दा दर्ता गरेको छ। नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक गिरीविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

गिरीले सुरक्षा निकायमा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणित्र पेस गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। उनले सन् १९८८ मा बिहार स्कुल एग्जामिनेसन बोर्ड, पटना, इन्डियाबाट एसएलसी दिएको भनेर बुझाएका थिए। अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र नक्कली देखिएको सहायक प्रवक्ता अधिकारीले बताए।

उनका अनुसार भारतमा लिएको एसएलसी पासको प्रमाणपत्रको आधारमा २०५० देखि त्रिभुवन विश्वविद्यालय र २०६३ मा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक अध्ययन गरेको देखिएको छ। साथै उक्त शैक्षिक पत्रको आधारमा २०५२ पुस १६ गते नेपाल प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा नियुक्ति भई बढुवासमेत भएको अख्तियारको आरोप छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*