मकवानपुरमा आगो ताप्दा कपडामा आगो लागेर पाँच वर्षीया बालिका घाइते

कोल्हवी न्यूज
२०८२ पुष ७, सोमबार १७:१० गते

मकवानपुरको बकैया गाउँपालिकामा आगो ताप्ने क्रममा भएको दुर्घटनामा पाँच वर्षीया बालिका घाइते भएकी छन्।

बकैया गाउँपालिका–८ शिशिर दमारस्थित एक कुखुरा फार्मको कम्पाउण्डभित्र आगो तापिरहेको बेला अचानक बालिकाको कपडामा आगो सल्किएको प्रहरीले जनाएको छ। घाइते हुनेमा फार्ममा काम गर्ने दिलबहादुर प्रजाकी करिब पाँच वर्षीया छोरी सोनिया प्रजा रहेकी छन्।

घटनाका बेला आमा सानुमाया प्रजा केही समयका लागि बाहिर गएकी थिइन्। आगो सल्किँदा बालिकाको छाती र घाँटीको भाग जलेको बताइएको छ।

घाइते बालिकालाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बालिकाको अवस्था मध्यम रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*