पर्सा प्रहरीले ठुलो परिमाणमा चरेस बरामद

कोल्हवी न्यूज
२०८२ पुष ६, आईतवार १७:०३ गते

पर्सा प्रहरीले ठूलो परिमाणको लागुऔषध चरेस बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा प्रहरीले २४० किलो चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

आइतबार वीरगन्ज महानगरपालिकाभित्रबाट चरेस ओसारपसारमा संलग्न दुई जना व्यक्ति र एक ६ चक्के ट्रक पक्राउ परेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए। उनका अनुसार जगरनाथपुर क्षेत्रबाट चरेस ल्याइँदै गरेको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद गरिएको हो।

हाल पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पक्राउ परेकाको नाम र अन्य विवरण सार्वजनिक नगरिएको पर्सा प्रहरीले स्पष्ट पारेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*