फिल्म ‘मुगलान’को ट्रेलर सार्वजनिक, राजनीतिक द्वन्द्व र गरिबीका कारण परदेशिन बाध्य युवाको कथा
पुष १० गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘मुगलान’को ट्रेलर सार्वजनिक गरिएको छ । ५२ सालको कालखण्डमा आधारित फिल्मको ट्रेलरमा राजनीतिक द्वन्द्व र गरिबीका कारण परदेशिन बाध्य युवाको कथा समेटिएको छ । ट्रेलरमा दुःख, अभाव र संघर्षको चित्रण मर्मस्पर्शी छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खड्ग बहादुर पुन (खबपु), श्री शिवांशु, मोती सुबेदी, रश्मी भट्ट, जीवन गौतम, राजु राज सोनी लगायतको अभिनय रहेको छ । टिकटकर स्मारिकाले यही फिल्मबाट डेब्यु गरेकी हुन् ।









