नेपाली साइन्स-फिक्सन फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक
नेपाली चलचित्र साइन्स(फिक्सन “एक्लो” को ट्रेलर सार्वजनिक भएको छ।
आज बिहिबार एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र चरित्रबारे जानकारी दिन्छ।
चलचित्रका सबै शीर्ष कलाकारहरू ट्रेलरमा देखिएका छन्।
प्रदीप शाहीको निर्देशनमा बनेको यो फिल्ममा प्रदीप खड्का, विजय लामा, कविता नेपाली, बेनिशा हमाल, जेमी बेकन, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डिसी लगायतको अभिनय छ।
शाइ प्रोडक्सन नेपालको प्रस्तुति रहेको “एक्लो” आउँदो पुस १७ गतेदेखि प्रदर्शनमा आउनेछ।









