प्रख्यात अष्ट्रियाली वृत्तचित्र निर्देशक क्यारोला मायर यही मङ्सिर २६ गते काठमाडौं आँउदै

कोल्हवी न्यूज
२०८२ मंसिर २१, आईतवार १५:२९ गते

प्रख्यात अष्ट्रियाली वृत्तचित्र निर्देशक क्यारोला मायर यही मङ्सिर २६ गते शुक्रबारका दिन काठमाडौंस्थित अस्कर इन्टरनेसनल कलेजमा आफ्नो बहुचर्चित वृत्तचित्र ुहेलवाचु प्रदर्शनका लागि उपस्थित हुने भएकी छन्। यो वृत्तचित्र खासगरी अष्ट्रियाली लेखक, अनुभवी पर्वतारोही र भेडीगोठाले बोडो हेलको जीवनमाथि आधारित एक काव्यिक पोट्रेट हो।

निर्देशक मायर आफैंमा एक विशिष्ट व्यक्तित्व हुन्, जसलाई अष्ट्रियाली सरकारले देशका लागि महत्वपूर्ण योगदान पुर्‍याउने १२ जना साहसी महिलामध्ये एकको रूपमा चयन गरेको थियो।

अस्कर इन्टरनेसनल कलेजका शिक्षक नवनिधि दाहालका अनुसार, वृत्तचित्रको विशेष प्रदर्शनीपश्चात दर्शकहरूलाई निर्देशक मायरसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गरिनेछ।

दाहालले सोही दिन वृत्तचित्र प्रदर्शन सकिएलगत्तै तीनदिने ‘क्यालिओप प्रस्तुति’ को पनि उद्घाटन गरिने बताए। यस कला प्रदर्शनीको आयोजना अस्कर कलेजले नयाँ दिल्लीस्थित अष्ट्रियाली दूतावाससँगको सहकार्यमा गर्न लागेको हो।

उक्त ‘क्यालिओप प्रस्तुति’ प्रदर्शनी मङ्सिर २६ देखि २८ गतेसम्म ९डिसेम्बर १२ देखि १४ तारिख० चल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*