बारा कोल्हवी मठवा सब स्टेसनमा अज्ञात समूह द्वारा ट्रान्सर्फमर तोडफोड,सुरक्षा चुनौति
कोल्हवी:बाराको कोल्हवी वडा न.१ मठवामा रहेको विद्युत सब स्टेसनमा सन्चालनका लागि राखिएको ट्रान्सफरमरमा राती एक समुहले ट्रान्सर्फमरमा तोडफोड गरेका छन।
हिजो राती करिब नौ बजेको समयमा त्यहाँ रहेका चौकिदार खाना खान गएको मौका छोपी दुई पाँच जनाको समुहमा आएका ब्यक्तीहरुले ट्रान्सर्फमर तोडफोड गरि भागेको चौकिदार पासवानले बताएका छन् ।
ट्रन्सफर्मर तोडफोड पस्चात बिहान ८ बजे ईलाका प्रहरी कार्यालय कोल्हवी पुगेको थियो।घटनाको बारेमा प्रहरीका अनुसार मर्मत नगरी नचल्ने अवस्थामा रहेको र ट्रान्सर्फमरको तेल चुहिरहेको छ।
यसरी विद्युत जस्तो गम्भीर बिषयमा तोडफोडको घटनाले कोल्हवी प्रहरीको सुरक्षा चुनौती थपिएको छ।
कोल्हविमा विद्युतको कम भोल्टेजले दिक्क भएका जनताहरुलाई केही राहत होला भन्दै बैकल्पिक रुपमा उक्त ट्रान्सर्फमर जडान गरिएको कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरिले कोल्हवी न्युज लाई बताउदै उक्त घटना प्रती आफू निकै दुखित भएको अभिब्यक्ती दिनु भएको छ।
उता ई.प्र.का कोल्हविले उक्त घटनाका दोषीहरुलाई कुनै पनि हालतमा पक्राउ गरि कानुनी दायरामा ल्याउने बताएको छ।










