तत्काल ब्याजदर घटाउन नेपाल राष्ट्र बैंकको निर्देशन

कोल्हवी न्यूज
२०७८ कार्तिक ३, बुधबार ०८:०२ गते

नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धिमा हस्तक्षेप गर्दै तत्कालै ब्याजदर घटाउन निर्देशन दिएको छ । बैंकहरुले ११.१० प्रतिशतसम्म ब्याजदर पुर्याएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर बृद्धिमा हस्तक्षेप गरेको हो ।

बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन पाउने छैनन् । यस्तै व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ ।

साथै, बैंक तथा वित्तीय संस्थाले कार्तिक महिनाका लागि प्रकाशित भइसकेको ब्याजदर समेत बढी भएको अवस्थामा संशोधन गर्नुपर्नेछ । यसरी कार्तिक ३ गतेभित्र आफ्नो वेवसाइटमा सार्वजनिक गर्ने गरी सोही मितिबाट लागू गर्नुपर्नेछ । यस्तो ब्याजदर कार्तिक ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाश गर्नुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*