गौर–चपुर सडकखण्डमा तीन सवारी ठोक्किँदा ७ जना घाइते होटलमा समेत क्षति

तीनै सवारी प्रहरी नियन्त्रणमा
कोल्हवी न्यूज
२०८२ मंसिर १६, मंगलवार १२:०० गते

सञ्जय मिश्रा,रौतहट:रौतहटको यमुनामाई गाउँपालिका–४ अन्तर्गत गौर–चपुर सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय विजय साहको होटलसमेत क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरी प्रवक्ता डिएस्पी बिष्णु प्रदीप बस्यालका अनुसार बडहर्वातर्फबाट तीव्र गतिमा आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चपुरबाट गौरतर्फ जाँदै गरेको विआर–०७–पिए–७५८४ स्कार्पियोलाई ठक्कर दियो। त्यही क्रममा सडक किनारामा रोकी राखिएको ना.२ह–६५२५ अटोलाई समेत उक्त स्कार्पियोले ठोक्किँदा ठूलो क्षति भएको हो।

डिएस्पी बस्यालका अनुसार दुर्घटनामा घाइते भएका व्यक्तिहरूमा
एचआर–२८–डी–७२२२ स्कार्पियोमा सवार पवन यादव (३०),बारा आदर्श कोतवाल–७ -टाउको र दुवै खुट्टामा चोट, अवस्था मध्यम,
अंकित महतो (११), सर्लाही बरहथवा–१४—अनुहारमा चोट,अवस्था मध्यम,विआर–०७–पिए–७५८४ स्कार्पियोमा सवार
सुरेन्द्र कुमार साह (२४),गौर–२ — दायाँ खुट्टामा चोट,अवस्था मध्यम,शिवजी साह (५०),राजदेवी–८ — ढाडमा चोट,अवस्था मध्यम ना.२ह–६५२५ अटोमा सवार
मंगल पटेल (३९),यमुनामाई–५ ,शरिरमा चोट,अवस्था मध्यम
तारिक वस्ता (१०), राजपुर–३,बायाँ खुट्टामा चोट,अवस्था सामान्य रहेको रौतहट प्रहरीले बताएको छ।

घटनापछि प्रहरी टोली तत्कालै घटनास्थल पुगेको र तीनैवटै सवारी नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाईएको प्रवक्ता बस्यालले बताए।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले सुचारु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

प्रहरीका अनुसार तीव्र गति र लेन अनुशासन नमानिएको कारण दुर्घटना भएको प्राथमिक अनुमान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*