सर्लाही बागमती नगरपालिमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कोल्हवी न्यूज
२०८२ मंसिर १५, सोमबार १०:४७ गते

 सर्लाहीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मोटरसाइकल चालक बागमती नगरपालिका – १२ बस्ने ३२ वर्षीय साने मगर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्लाको बागमती नगरपालिका- ४ जिरायत चोकमा बिहीबार दिउँसो करिब १ः३० बजे भरततालबाट जिरायततर्फ गइरहेको ना. ३ च. ९५०० नमबरको बोलेरो पिकअपले उही दिशामा गईरहेको प्र. २-०२-००४ प ३५०८ नम्बरको मोटरसाइकललाई मोड्ने क्रममा ठक्कर दिएको हो।

टाउको, छाती र दायाँ खुट्टामा चोट लागेका मगरलाई उपचारका लागि बागमती मोडेल अस्पताल कर्मैया लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि बारास्थित एल एस न्युरो अस्पतालमा रेफर गरिएको थियो, सो अस्पतालमा चिकित्सकले दिउँसो ३ः०२ बजे उनलाई मृत घोषित गरेका हुन्।

प्रहरीले ठक्कर दिने पिकअप गाडी र त्यसका चालक बागमती- ४ का ३१ वर्षीय राजु गोलेलाई नियन्त्रणमा लिएको छ। शव अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*