नेपालकै पहिलो बज्जिका उपन्यास प्रतिमाका लेखक ‘निर्विज अन्तर्राष्ट्रिय बज्जिका सेवीबाट सम्मान

कोल्हवी न्यूज
२०८२ मंसिर ७, आईतवार ०७:४० गते

सर्लाही,बज्जिका भाषाका प्रखर साहित्यकार विजय यादव ‘निर्विज’लाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेबी सम्मान–२०८२बाट सम्मान गरिएको छ। सर्लाही मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सम्नव्य समिति सर्लाहीका सभापती कौशल किशोर सिंह र बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा
ले सम्मान–पत्र प्रदान गर्नु भएको हो।

नेपालमै पहिलो बज्जिका उपन्यास प्रतिमाका लेखक ‘निर्विज’ अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन्। २०७९ सालको मधानी महोत्सवमा नेपालका सम्माननीय पुर्व उपराष्ट्रपति नन्द बहादुर पुनले विमोचन गरेको थियो !उनी फतुवा–विजयपुर नगरपालिकाको मेयर पदका निकटतम प्रतिस्पर्धी रहिसकेका तथा हाल आम जनता पार्टी लुम्बिनी प्रदेश अध्यक्षका रूपमा सक्रिय छन्।

कार्यक्रममा नेपाल–भारतका साहित्यकार तथा संगीतकर्मीहरूलाई पनि सम्मान गरिएको थियो। रौतहटका साहित्यकार संजय साह मित्रलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सचिव मुकेश मिश्रले जानकारी दिए। समारोहमा साहित्यकार, पत्रकार र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*