रौतहटमा दुई विदेशी पेस्तोलसहित युवा पक्राउ, सुराकीका आधारमा सशस्त्र प्रहरीको ‘हाई–इम्प्याक्ट’अपरेसन
सञ्जय मिश्रा,रौतहट:रौतहटको चन्द्रनिगाहपुर देउराली चोक शनिबार अपराह्न एकाएक सैनिक मोडमा पुग्यो। सशस्त्र प्रहरी बल, नेपाल इण्टेलिजेन्स ब्युरोबाट प्राप्त उच्च–स्तरीय विशेष सूचना अनुसार गरिएको अपरेसनमा दुई थान विदेशी पेस्तोलसहित एक युवक पक्राउ परेपछि स्थानीय क्षेत्र एकदमै चर्चामा आएको छ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्य रहेको डिआईजी कृष्ण ढकाल ले बताएका छन्।
२२ वर्षीय सुमन आचार्यलाई दिउँसो करिब ३:३० बजे सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको मधेश प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालले पुष्टि गरेका छन्।
■ हाई–अलर्ट टोलीको ‘प्रिसिजन’कारबाही
सन्तपुर सुरक्षा बेसका प्रमुख डिएस्पी राजेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिएको १० सदस्यीय टोलीले आचार्यलाई शंका लागि रोकेर झोलाको सर्च गर्दा विदेशी निर्मित दुई पेस्तोल, गोली–बारुद लगायत उपकरण फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद वस्तुहरूः
९ एमएम ब्राउनिङ पेस्तोल CF-98-9 (Serial: 000169 08236) – १ थान
BERETTA GARDONE VT – MADE IN ITALY – १ थान
दुवै पेस्तोलका म्याग्जिन – १–१ थान
बाल राउण्ड १३ थान (पिन्धिमा 31123 अंकित)
OPPO मोबाइल – १ थान
खुकुरी – १ थान
Global IME Bank – VISA ATM – १ थान
लाइसेन्स रसिद – १ थान
झोला – १ थान
■ प्रहरीले भन्यो —“अपरेसन अत्यन्त सफल”
पक्राउ परेका आचार्यलाई प्रारम्भिक अनुसन्धानपछि सुरक्षा बेस सन्तपुरमा राखिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले बताए।
यो घटनालाई सशस्त्र प्रहरीले सीमा सुरक्षा तथा राजमार्ग सुरक्षा संवेदनशीलताप्रति आफ्नो उच्च सतर्कता र अपरेसन क्षमताको स्पष्ट प्रमाणका रूपमा प्रस्तुत गरेको छ।रौतहटमा हतियारसहित व्यक्ति पक्राउ परेको घटनाले स्थानीय सुरक्षा परिवेश पुनः चासोको केन्द्रमा पुगेको छ।










