रौतहट स्थित चन्द्रनिगाहपुरबाट सशस्त्र प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ

कोल्हवी न्यूज
२०८२ मंसिर ७, आईतवार ०७:२५ गते

रौतहटको चन्द्रनिगाहपुरबाट सशस्त्र प्रहरीले शनिबार पेस्तोल तथा म्यागजिनसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल टोलीले रौतहटको चन्द्रपुर नगरपालिका – ४ देउराली चोकबाट पेस्तोल, म्यागजिन तथा राउण्डसहित एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्य रहेको उहाँले बताउनुभयो ।

पक्राउ परेका आचार्यको साथबाट मेड इन इटाली लेखिएको Bereta पेस्तोल एक थान, त्यसमा लाग्ने म्याग्जिन एक थान, सिएफ -98-9 पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन एक थान, राउण्ड १३ थान (पिन्धिमा ३११ २३ उल्लेखित), खुकुरी १ थान, ओपो मोबाइल एक थान बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सशस्त्र प्रहरीले पक्राउ गरेका आचार्य र उनका साथबाट बरामद हातहतियार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई बुझाएपछि घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक लाबुंगले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*