सार्वजनिक पोखरीमा डुबेर ९५ वर्षीया लडुवती देवी मण्डलको मृत्यु
२०८२ मंसिर ६, शनिबार १७:४९ गते
राजगढ गाउँपालिका–५, मलेकपुरमा एक सार्वजनिक पोखरीमा डुबेर ९५ वर्षीया लडुवती देवी मण्डलको मृत्यु भएको छ।
घरदेखि करिब १० मिटर दूरीमा रहेको पोखरीमा डुबेको अवस्थामा शुक्रबार उनका छोरा विष्णुदेव मण्डलले भेटेका थिए।
मृतकको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।










