बारा पर्सामा आजदेखि पेट्रोल सहजरूपमा पाइने : आयल निगम प्रमुख यादव
बारा पर्सामा आजदेखि पेट्रोल आपूर्ति सहज हुने बताइएको छ । नेपाल आयल निगमका अधिकारीका अनुसार आजदेखि पेट्रोल सहजरूपमा पाइने दाबी गरे ।
“चार दिन भन्सार, बैंक तथा अन्य कागजी प्रक्रिया हुन सकेन, जसले गर्दा करीब सात दिनदेखि पेट्रोल आएको छैन,” नेपाल आयल निगम वीरगञ्जका प्रमुख पवन यादवले भने, “दैनिक १५ गाडी पेट्रोल पर्सा र बारामा खपत हुन्छ, तर माग अनुसार आपूर्ति नभएपछि अभाव देखिएको हो ”
पेट्रोल पम्पमा पेट्रोल नपाउँदा उपभोक्ताहरू समस्यामा परिरहेका छन् । अतिआवश्यक एम्बुलेन्सले पनि नेपालमा पेट्रोल नपाउँदा भारतीय सीमावर्ती बजारमा गई इन्धन भरिरहेका छन् ।
गत तीन दिनदेखि अभाव खड्किएको हो, एक थोपा पनि पेट्रोल छैन, केही एम्बुलेन्स, मोटरसाइकल, कार भारतबाट पेट्रोल भरेर आइरहेको प्रमुख यादवले स्पष्ट पारे । अहिले बरौनीबाट पेट्रोल ल्याएर अमलेखगंज डिपोमा भण्डारण गरेपछि पर्सा, बारा क्षेत्रका पम्पहरूले पाउने हुन् । प्रमुख यादवले मङ्गलवार ८० वटा ट्याङ्कर पेट्रोल भर्न बरौनी गएको र आज अपराहनदेखि अवस्था सामान्य बन्दै जाने बताए ।
बारा खबरबाट









