बिहारको मुख्यमन्त्रीमा नितिशकुमार सर्वसम्मत रूपमा चयन, आज गान्धी मैदानमा शपथ

कोल्हवी न्यूज
२०८२ मंसिर ४, बिहीबार ०६:४९ गते

 भारतको बिहार राज्य फेरि एकपटक नितिशकुमारकै हातमा जाने भएको छ। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बुधबार बसेको बैठकमार्फत ७५ वर्षीय कुमारलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

बैठक सकिएलगत्तै नितिशकुमार राजभवन पुगेर राज्यपालसमक्ष सरकार गठनको दाबी पेश गरिरहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यससँगै उनी अब १०औँ पटक बिहारको मुख्यमन्त्री बन्नेछन्।

नयाँ सरकारको शपथग्रहण बिहीबार बिहान ११:३० बजे पटनाको ऐतिहासिक गान्धी मैदानमा तय गरिएको छ। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाहसहित विभिन्न राज्यका मुख्यमन्त्री र केन्द्रीय मन्त्रीहरूको सहभागिता रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*