रौतहटको एक विद्यालयका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कोल्हवी न्यूज
२०८२ मंसिर ३, बुधबार १७:०२ गते

रौतहटको एक विद्यालयका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको  छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जय किसान माध्यमिक विद्यालय धरहरी, रौतहटका प्रधानाध्यापक सञ्जय प्रसादसहित दुई जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर हुने अर्का व्यक्तिमा राजदेवी नगरपालिका-७ वतन भएका अरविन्द प्रकाश साह कानु रहेका छन् ।

प्रधानाध्यापक सञ्जय प्रसादले कानुसँगको मिलोमतोमा जय किसान माध्यमिक विद्यालयमा  मावि तहको रसायन विज्ञान विषयको करार शिक्षक नियुक्तिका लागि दरखास्त दिएका सेवाग्राहीसँग परीक्षाको प्रश्नपत्र उपलब्ध गराइदिने र करारमा नियुक्ति दिलाई दिने भनी चार लाख ५० हजार रूपैयाँ घुस लिएको आयोगले जनाएको छ ।

विभिन्न बहाना बनाई घुसबापत ४ लाख ५० रूपैयाँ लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

null

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*