मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप चार दिनको म्याद थप

कोल्हवी न्यूज
२०८२ मंसिर २, मंगलवार १६:०३ गते

 मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप चार दिनको म्याद थप गरिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले चार दिनको म्याद थप्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। अब कम्तिमा पनि चार दिनसम्म प्रसाईं प्रहरी हिरासतमा रहनेछन्।

प्रसाईंले मंसिर ७ गते देशभर आन्दोलन गर्ने योजना बनाउँदै तयारी तीव्र पारेका थिए। तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएका थिए, जसको आधारमा उनलाई हिरासतमा राखिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*