पर्साको जगरनाथपुरबाट सशस्त्र प्रहरीले १० किलो अवैध लागूऔषध गाँजा बरामद, तस्कर फरार

कोल्हवी न्यूज
२०८२ मंसिर १, सोमबार १५:१३ गते

पर्साको जगरनाथपुर गाउँपालिकाबाट आज बिहान सशस्त्र प्रहरीले १० किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट (बीओपी) पिडारीगुठीबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा बिसुनपुरवा नजिक शंकास्पद गतिविधि देखेपछि खोजतलास गर्दा फालिएको अवस्थामा गाँजा फेला परेको हो।

गस्ती टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक दिलबहादुर गुरुङले गरेका थिए। प्रहरी देखिनासाथ तस्कर भागेको र अहिलेसम्म पक्राउ नसकेको बताइएको छ।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा–सुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*