स्थानिय जनप्रतिनिधी र प्रदेश सरकारको लापरवाहीका कारण पोखरिया अस्पतालमा जनशक्तीको अभाव

कोल्हवी न्यूज
२०७८ कार्तिक २, मंगलवार ०६:२६ गते

पर्साको ग्रामिण भेगमा रहेको एक मात्र पोखरिया अस्पतालमा जनशक्तीको अभाव भएको कारणल सुतकेरीहरु दिनहु वीरगञ्ज चर्हान बाध्य बनेका छन् । पर्साको ग्रामिण भेगबाट पोखरिया अस्पताल आउने सुतकेरीहरु वीरगञ्ज जानकालागिमात्रै १ हजार एमबुलेन्स भाडा तिर्नु पर्ने गुनासो समेत गरेका छन्।

१ हजार एमबुलेन्स भाडा तिर्दा समेत एमबुलेन्स चालकले भनेको अस्पताल नलगिदिने र जबरजस्ति गर्दा एमबुलेन्स चालकले आलटाल गर्ने बिरामिहरूको गुनासो रहेको छ । प्रदेश २ सरकारले १५ बेडको आई. सि. यू. सन्चालन गर्न उपकरण हस्तान्तरण गरेको थियो तर सरकारले आवस्यक्त जनशक्ति नपठाइदिए पछि यस्तो अवस्था हुन पुगेको अस्पतालका कर्मचारिहरूले बताए, साथै आई।सि।यू। सन्चालन गर्न उपकरणरू थनकाएर बिग्ने अवस्थामा पुग्नलागेको समेत कर्मचारिहरूले बताए ।

त्यस्तै प्रदेश सरकारले पोखरिया अस्पताल लाई ५० बेड को अस्पताल बनाउने घोष्णा गरे पनि हाल स्थानिय जनप्रतिनिधी र प्रदेश सरकारको लापरवाहीका कारण अस्पताल संचालनमा नआएको भन्दै स्थानिय सरकारलाई लोकतान्त्रिक समाजबादी पार्टीका नेता निजामोदिन समानीले एक प्रेस बिज्ञपती जारी गर्दै ध्यान आक्रसण गराएका छन् । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*