अमेरिकामा ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी

एजेन्सी
अमेरिकामा इतिहासकै सबैभन्दा लामो ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी गरेको छ । विधेयक पारित भई राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षर गरेपछि सरकारी कामकाज सञ्चालन हुनेछ ।
यसबीच, डेमोक्र्याटहरूले सार्वजनिक गरेका राष्ट्रपति ट्रम्पका इमेलहरूले नयाँ विवाद उत्पन्न भएको छ । डेमोक्र्याटले सार्वजनिक गरेका एप्स्टीनका इमेलमा ट्रम्पलाई दुर्व्यवहारबारे जानकार भएको आरोप लगाएका अल जजिराले जनाएको छ । तर राष्ट्रपति ट्रम्पले ती इमेलहरूलाई डेमोक्र्याटहरूले नक्कली प्रचार गरेको भन्दै अस्वीकार गर्नुभएको छ । ह्वाइट हाउसले पनि ती इमेलहरूले कुनै प्रमाण देखाउन नसक्ने प्रतिक्रिया दिएको खबरमा उल्लेख छ ।
राजनीतिक तनावकाबीच अमेरिका अहिले आर्थिक तथ्याङ्क अभावमा रहको अर्थशास्त्रीहरूको विश्लेषण छ । यहिबेला ट्रम्प प्रशासनले क्यारेबियन क्षेत्रमा हवाई आक्रमण, इरानमाथि नयाँ प्रतिबन्ध र स्वास्थ्य सेवा अनुदान विवादमा आलोचना खेपिरहेको छ । सरकारको कामकाज फेरि सञ्जचालन गर्नेे विषयमा ह्वाइट हाउसले आजै सम्झौता हुने जनाएको खबरमा उल्लेख छ ।
एजेन्सी










