बारामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

कोल्हवी न्यूज
२०८२ कार्तिक २५, मंगलवार १५:३९ गते

बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

बारागढी गाउँपालिका-२ बिसनपुर्वास्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय छठु चौधरीको मंगलबार बिहान मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*