हेटौँडा उपमहानगरपालिका ९ माष्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ माष्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
हिजो राति करिब ११ बजे जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३(००१ ख २६५६ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीको देवदह नगरपालिका(८ निवासी ३७ वर्षीय राम बहादुर बोहराको उपचारको क्रममा मृत्यु हो ।
प्रारम्भिक समयमा मृतकको परिचय खुलेको थिएन। तर घटनास्थलमा फेला परेको मोबाइलको सिम कार्ड प्रयोग गरी सम्पर्क गर्दा बोहोरा रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ निवासी ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ।








