मकवानपुरगढी गाउँपालिकामा बाघले दुईवटा बाख्रा मारे, स्थानीय त्रसित

कोल्हवी न्यूज
२०८२ कार्तिक २२, शनिबार १५:३४ गते

मकवानपुरगढी गाउँपालिका ५ नयाँगाउँमा बाघले दुईवटा बाख्रा मारेको छ।

मकवानपुरगढी–५ का बासिन्दा तखत बहादुर लुङ्वाका बाख्रा शुक्रबार साँझ करिब ४स्१५ बजे घरनजिकैको बड्किचौर जंगलमा चरिरहेका बेला बाघले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनास्थलको निरीक्षण गर्दा बाख्रा बाघले मारेको वा खाएको देखिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*