मकवानपुरको हेटौंडास्थित चुरेहिल हस्पिटलमा डाक्टरमाथि कुटपिट

कोल्हवी न्यूज
२०८२ कार्तिक २०, बिहीबार १६:४१ गते

 मकवानपुरको हेटौंडास्थित चुरेहिल हस्पिटलमा बुधबार साँझ डाक्टरमाथि कुटपिट भएको छ ।

उपचारकै क्रममा विवाद उत्पन्न भएपछि अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले कुटपिट गरेका हुन् । लडेर कुहिनोमा सामान्य चोट लागेकी हेटौंडा–११ निवासी सुरक्षा कडेललाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

स्वास्थ्य बीमा प्रक्रियामार्फत भर्ना गर्ने क्रममा विवाद उत्पन्न भएपछि बिरामी पक्षले अस्पतालमा हल्ला मच्चाएका थिए ।

कुटपिटबाट डा. शाहलाई केही पनि नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

त्यस्तै, नेपाल चिकित्सक संघ मकवानपुरले घटनाको निन्दा गर्दै घटनामा संलग्नलाई कानुनी कार्बाहीको माग गर्दै उजुरी दिने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*