सिरहा नरहा गाउँपालिकामा विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कोल्हवी न्यूज
२०८२ कार्तिक १७, सोमबार १४:२२ गते

जिल्लाको नरहा गाउँपालिका–३, चोहर्वास्थित सडकखण्डमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार, तीव्र गतिमा आएको विङ्गरले मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार ५० वर्षीय बच्चु महतो कोइरी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै अनुराधा हेल्थ केयर अस्पताल, नयाँ चोहर्वा लगिएको थियो, तर उपचारकै क्रममा उनकी मृत्यु भएको छ।

मोटरसाइकलमा सवार अर्का एक जना व्यक्ति पनि घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ।

दुर्घटनामा संलग्न विङ्गर नम्बर ०१–००१ ज ०११२ र मोटरसाइकल स।२ प ९५३को चालकलाई प्रहरी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*