गायिका सुमिना लोको तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक

कोल्हवी न्यूज
२०८२ कार्तिक १४, शुक्रबार १६:५३ गते

मकवानपुरको बकैया–७ निवासी गायक जनक लामाले नयाँ तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक गरेका छन् । जनक लामा र सुमिना लोको सुमधुर स्वरमा रहेको उक्त गीतमा शब्द अजय ब्लोनले लेखेका हुन् भने संगीत चेतन लामाले भरेका छन् ।

गीतको एरेन्ज, मिक्स र मास्टरिङ अर्पण थिङ तामाङले गरेका हुन् । अडियो रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो ।

“काभ्रेली हिरो” गीतले हास्य–व्यङ्ग्यात्मक ढङ्गमा रमाइला सामाजिक पाटाहरू र जीवनका भावनात्मक यथार्थतालाई उजागर गरेको छ । आकर्षक संगीत, लयात्मक शैली र मौलिक तामाङ भाषाको प्रयोगले गीतलाई थप मनमोहक बनाएको छ ।

गीतलाई गायक जनक लामाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसअघि पनि उनले थुप्रै लोकप्रिय गीतहरू सार्वजनिक गरिसकेका छन्, जसले नेपाली संगीत क्षेत्रका श्रोता र दर्शकको मन जित्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*