गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुरमा दुर्घटना, ३३ जना घाइते

कोल्हवी न्यूज
२०८२ कार्तिक १४, शुक्रबार ०८:२२ गते

गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगर ९ टिकौली जङ्गलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल लगिएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*