राष्ट्रिय जनगणना सुपरिवेक्षक दशैको मुखमा निरास

कोल्हवी न्यूज
२०७८ आश्विन २५, सोमबार २०:३९ गते

राष्ट्रिय जनगणना २०७८ का सुपरिवेक्षकहरु दशै मुखमा काम गरे वापत भत्ताको पैसा नपाए पछि निरास भएका छन ।राष्ट्रिय जनगणना २०७८ दोस्रो चरणमा संचालन गरीने भनिएको पहिलो चरणको सुपरिवेक्षकद्धारा प्रत्येक घर तथा घरपरिवारमा पुगी घर तथा घरपरिवार सुचिकरण फारम भर्नेकार्य असोज ३० गते देखी सुरुगरीएको १८ गते समाप्त भए संगै सुपरिवेक्षकहरु निरास भएका छन ।

वर्ष दिनको चाड्पर्व दशैं जस्तो पर्वमा दशैं मान्न घरमा राखेको पैसा घर तथा घरपरिवार सुचिकरण फारम भर्नजादा भाडा, खाना मै सकिएको र सरकारले कामवापत दशैंमा पैसा दिने आसमा बसेका सुपरिवेक्षकहरु अहिले सरकारले भत्तासमेत उपलब्ध गराउन नसक्दा यसपालिको दशैं नमनाउने जनगणनाका लागी खटीएका सुपरिवेक्षकहरुले बताएका छन ।
यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*