भारतको आन्ध्र प्रदेशमा मोंथा नामको चक्रवातको चेतावनी

कोल्हवी न्यूज
२०८२ कार्तिक ११, मंगलवार ०७:१९ गते

भारतको मौसम विभागले मोंथा नामको चक्रवातको चेतावनी दिएको छ । चक्रवात आज बेलुकी वा राततिर आन्ध्र प्रदेशको मछलीपट्टनम र कलिंगपट्टनमबीचको काकीनाडा तटमा ठोक्किन सक्ने बीबीसी हिन्दीले जनाएको छ ।

भुवनेश्वरको मौसम विभागकी निर्देशक डा. मनोरमा मोहन्तीका अनुसार चक्रवात आज बिहानसम्म थप बलियो हुनेछ । यस क्रममा हावाको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न सक्ने खबरमा उल्लेख छ ।

चक्रवातको प्रभावले ओडिशामा आउँदो दुई/तीन दिनसम्म भारी वर्षा हुने सम्भावना छ । ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले राज्यमा आवश्यक तयारी पूरा गरिएको बताउँदै ठूलो क्षति हुने सम्भावना कम भए पनि सरकार सतर्क रहेको प्रतिक्रिया दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*