नाच्छ अमेरिका’ आयोजना गर्ने आयोजकसंग गायिका एलिना चौहानको असन्तुष्टि
गायिका एलिना चौहानले पनि अमेरिकामा नेपाली सांगीतिक कार्यक्रम ‘अब नाच्छ अमेरिका’ आयोजना गर्ने आयोजकसंगको असन्तुष्टि सार्वजनिक गरेकी छिन् ।
प्रारम्भमा गायिका कला लम्सालसमेत सहभागि भएको उक्त कार्यक्रममा गायिका चौहान तथा गायक प्रताप दास सहभागि भएका थिए । गायिका लम्साल केही साताअघि नै अस्वस्थ्य भएर आयोजकको दुर्व्यवहार सहन नसक्दै स्वदेश फर्किएकी थिइन् ।
हिले गायक प्रताप दास तथा गायिका चौहान स्वदेश फर्किएका हुन् । काठमाडौं आउने क्रममा विमानस्थलबाटै लेखिएको स्टाटसमा गायिका चौहानले आफूहरुले अमेरिकामा सम्मान होइन, नोकर झैँ व्यवहार गरिएको बताएकी छिन् । कलाकारहरुले कैदी झैँ महसुस गरेर तथा अपमान सहनु परेको दावी गरेकी छिन् ।
यद्यपि, उनको यो पोष्टमा अधिकांशले उनैलाई दोषी देखेका छन् । करिव दुई महिनाअघि गायिका कला लम्साल स्वदेश फकिर्ने क्रममा गायिका चौहानले गायिका लम्सालको पोष्टसहित एउटा स्टाटस लेख्दै भनेकी थिइन्– ‘अमेरिकामा अब नाच्छ अमेरिकाको क्रममा रहनु भएकी लोक गायिका कला लम्साल स्वास्थ्यमा पुरानो रोग बल्झिएपछि स्वेच्छाले नेपाल फर्कनु परेको जानकारी गराउन चाहन्छौं । धेरै जसो शुभ चिन्तकहरू, आयोजक साथीहरू तथा दर्शकहरू बीचमा भ्रम फैलिएको छ कि कलाकारलाई आयोजकले जबरजस्ती फर्काएको हो भन्ने– तर यो पूर्ण रूपमा गलत हो ।’
उहाँले आफ्नो निर्णयमा आधारित भएर स्वास्थ्यलाई प्राथमिकता दिँदै नेपाल फर्किने निर्णय लिनु भएको हो । हामी सबैले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरौं । कला लम्सालको सम्मानमा अनावश्यक अफवाहमा विश्वास नगर्नुहुन सबैमा अनुरोध छ ।’
अहिले आएर गायिका लम्सालमात्र होइन, आफूहरुले पनि आयोजकबाट कस्तो व्यवहार भोग्नु पर्यो भन्दै गायिका चौहानले लेखेको स्टाटसमा धेरैले उनलाई कला लम्सालले भनेको कुरा नै सही रहेछ, त्यति बेला उनलाई किन साथ नदिएको भन्दै गायिका चौहानमाथि नै प्रश्नहरु गरिँदैछ ।










