पत्रकार मनोज पटेलको ‘छठीमाई’ नामक भोजपुरी गीत सार्वजनिक

कोल्हवी न्यूज
२०८२ कार्तिक ९, आईतवार १६:२४ गते

पत्रकार मनोज पटेलको शब्द र स्वरमा तयार गरिएको ‘छठीमाई’ नामक भोजपुरी गीत सार्वजनिक गरिएको छ। गीत नेपाल पोस्ट मिडिया प्रा.लि. को युट्युब च्यानल “नेपाल पोस्ट डेली” मार्फत शनिबार साँझ सार्वजनिक गरिएको हो।

गीतका शब्दरचनाकार र गायक दुवै पत्रकार मनोज पटेल हुन्। उनले पत्रकारितासँगै सांगीतिक यात्रालाई पनि निरन्तरता दिँदै यसपालि धार्मिक र सांस्कृतिक भावना मिसिएको छठी गीत सार्वजनिक गरेका हुन्।

गीतको म्युजिक भिडियो वीरगञ्जको घडिअर्वा पोखरी र कलैयास्थित सिदेश्वर माध्यमिक विद्यालयको पोखरी (छठी घाट) लगायतका धार्मिक र रमणीय स्थलमा छायांकन गरिएको हो। भिडियोमा छठ पर्वको श्रद्धा, महिलाहरूको व्रत, र सूर्य उपासनाको भक्ति भाव प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा पत्रकार बिनोद पटेल, बबिता पटेल, सन्ध्या साह, अमिता पटेल र स्वयं मनोज पटेलले अभिनय गरेका छन्। स्थानीय कलाकारहरूको सहभागिताले भिडियोलाई थप जीवन्त र समुदायमुखी बनाएको छ। भिडियो नेपाल पोष्ट मिडिया प्रा.लि.का अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पनि उपलब्ध छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*