झापाको गौरादह सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु
२०८२ आश्विन ३०, बिहीबार १६:२१ गते
झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो तीन बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, झापाले राससलाई दिएको जानकारीअनुसार मृत्यु हुनेमा स्थानीय अञ्जु मगरकी दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् ।
उनीहरू माछा मार्ने क्रममा खोलामा डुबेका थिए ।
घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले राससलाई बताएको छ ।










