विभिन्न कारागारबाट भागेका १२२ जना कैदीबन्दीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ

कोल्हवी न्यूज
२०८२ आश्विन ३०, बिहीबार १६:०८ गते

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १२२ जना कैदीबन्दीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ, उपत्यका अपराध अनुसन्धान कार्यालय र त्यस मातहतको टोलीले १२२ जना फरार कैदीबन्दीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये ११२ जना पुरुष र १० जना महिला छन् । प्रहरी वरिष्ठ उपरीक्षक थापाले आफ्नो समाज, छरछिमेकमा विभिन्न कारागारबाट भागेका कैदीबन्दी देखिएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*